नियम २२
मृत वा बहुला वा टाट उल्टेको शेयरहोल्डरको मत
नियम ४९ अन्र्तगत कुनै शेयर नामसारी गर्न पाउने कुनै व्यक्ति हकवालाले आफु रजिष्टर शेयरहोल्डर भए सरह सो शेयर वापत कुनै पनि साधारण सभामा मत दिन पाउनेछ । तर आफुले प्रस्ताव पेश गरेको साधारण सभा वा त्यस्तो स्थानमै अर्को पटक बोलाइएको साधारण सभा हुने समयको कमसेकम ४८ घण्टा अगावै निजले आफ्नो शेयर नामसारी भएको कुरा समितिलाई चित्त बुझाउन सक्नुपर्छ वा समितिले अगावै निजको त्यस्तो हक स्वीकृत गरिएको हुनु पर्छ ।